राम मन्दिरको उद्घाटनको उपलक्ष्यमा फुलबारीमा निकालिइयो कलश यात्रा

फुलबारी (निसं):  राम मन्दिरको उद्घाटनको उपलक्ष्यमा अयोध्याबाट ल्याइएको अक्षतालाई लिएर फुलबारीमा आज कलश यात्रा निकालिइयो। सनातन संस्कार अभियान समितिको फुलबारी खण्डको तर्फबाट आज उक्त कलश यात्राको आयोजना गरिएक हो। उक्त कलश यात्रा फुलबारीको बटालियन मोडबाट शुरू गरेर केही किलोमीटरसम्म परिक्रमा गर्यो। आगामी 22 जनवरीको दिन अयोध्यामा राम मन्दिरको उद्घाटन गरिने भएको छ। श्रीराम जन्मभूमि तीर्थ ट्रस्ट कमिटीको तर्फबाट सार्वजनिक निमन्त्रणको लागि घर-घरमा पहेँले रङ्ग मिसाएको अक्षता पठाएर निमन्त्रणा दिइरहेको छ। आज उक्त अक्षतालाई लिएर फुलबारीमा एउटा कलश यात्रा निकालिइयो। उक्त कलश यात्रामा सयौँको संख्यामा मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *