राम मन्दिर निर्माणको भूमि पुजामा अंश ग्रहण गर्न बङ्गालबाट अयोध्या प्रस्थान भइन् पूर्णिमा कोठारी

सिलगढी : राम मन्दिर भूमि पूजनको निम्ति बङ्गालबाट पूर्णिमा कोठारी आज अयोध्या प्रस्थान गरेकी छन्। उत्तरप्रदेशको अयोध्यामा निर्माण हुने राम जन्म भूमि मन्दिरको भोलि 5 अगस्तको दिन भूमि पूजन कार्यक्रममा कोठारी ब्रदर्शको दिदी पूर्णिमा कोठारीलाई निम्तो दिएको छ। यस सम्बन्धमा पूर्णिमा कोठारीले बताएअनुसार आफ्नो भाइहरूले राम जन्म भूमि मन्दिरको निम्ति दिएको प्राणको आहुति खेरो नगएको दावी गर्दै स्वामी राम सुख दासले राम मन्दिरको निर्माणको लागि गरिने भूमि पूजनमा अंश ग्रहण गर्न आफू अयोध्या प्रस्थान भइरहेको बताइन्। तिनले अझ भनिन्, विगत 22 अक्टोबर 1992-को दिन मेरो भाइहरू अयोध्या जानको निम्ति घरबाट निस्किएको कुरा म कहिले पनि भुल्न सक्दिनँ। मेरो भाइहरूले भत्काएको राम मन्दिरमा सबैभन्दा पहिला झण्डा फर फहराएका थिए। यसपछि तिनीहरू ट्रेनमार्फत् वनारस प्रस्थान गरेका थिए। तिनीहरूलाई पुलिसले स्टेशनमा पक्राउ गर्ने योजना रहेको थाहा पाएपछि स्टेशन पुग्न अगावै तिनका भाइहरूसहित 80 जना ट्रेनबाट झरेर अयोध्यातर्फ हिँडेपछि 7 दिनमा अयोध्या पुगेका थिए। भावुक बन्दै पूर्णिमा देवीले अझ भनिन्, मुलायम सिंह यादव नेतृत्वाधीन सरकार त्यसबेला कठोर सरकार थियो। आफ्नो भाइहरूसहित 80 जनाको दल रातिको समय अयोध्यातर्फ हिँडे। मेरो भाइहरूले सबैको सहयोग गर्दै विभिन्न बाँधाहरू सहेर पनि अन्ततः 30 अक्टोबरको दिन आफ्नो गन्तव्यस्थलमा पुगेका थिए। मैले मेरो भाइहरूलाई राम मन्दिरको लडाइँमा सबैभन्दा अघि खडा भएको देखेको थिए। यसको साथै मेरा भाइहरूले नै सबैभन्दा पहिला मन्दिरको गुम्बजमा झण्डा फर-फहराएको कुरा पनि सुनेका थिए। राम जन्म भूमि पूजनको लागि आफूलाई यसरी निम्तो पठाएकोमा म अनि मेरो परिवारहरू निक्कै खुशी छौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *