रामनवमी कमिटीसित एनजेपी थानामा बैठक

सिलगढी : आगामी 10 अप्रेल रामनवमी हो। रामनवमी पर्वलाई शान्तिपूर्ण ढङ्गमा मनाउने उद्देश्य लिएर आज पुलिसका उच्च अधिकारीहरूले एनजेपी थानामा रामनवमी कमिटीका सदस्यहरूसित एउटा बैठक गरे। उक्त बैठकमा शान्तिपूर्ण ढङ्गमा रामनवमी मनाउने विषयमा चर्चा परिचर्चा गरियो। यस अवसरमा डीसीपी ईस्ट जोय टुडू, एसीपी शुवेन्द्र कुमार, एनजेपी थानाका ओसी समीर तामाङ लगायत अन्य वरिष्ठ पुलिस अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *