रामनवमीको अवसरमा खरसाङको गिद्धे पहाडमा मेलाको आयोजना

खरसाङ: खरसाङको प्रसिद्ध गिद्धे मेला आज रामनवमीको अवसरमा यसपाली तीन वर्षपछि पुन: आयोजना गरियो। रामनवमीको दिन प्रत्येक वर्ष आयोजना गरिने गिद्धे मेला कोरोना महामारीले गर्दा आयोजना गरिएको थिएन तर यस वर्ष तीन वर्षपछि उक्त मेलाको आयोजना गरियो। खरसाङ क्षेत्रको मात्र नभएर सम्पूर्ण पहाड़कै लागि एउटा प्रसिद्ध तथा प्रतिष्ठित मानिने मेलामा घुम्न आउने मानिसहरूको निक्कै भीड थियो। गिद्धे मेला कहिलेदेखि शुरू भयो कसैलाई याद नभए तापनि यो मेला लामो समयदेखि चल्दै आइरहेको छ।


गिद्धे पहाड़मा रहेको राम मन्दिरमा पुजा अर्चना गर्नुको साथै मानिसहरू मेला घुम्न र सर सामानहरू किन्नलाई भेला हुने गर्दछन्। यसपाली पनि उक्त मेला घुम्न तथा समानहरू किन्न आउनेहरूको निक्कै भीड देखियो। विशेष गरेर युवा पिँढीहरूको निक्कै भीड थियो। राम नवमी पुजा र गिद्धे मेला विषयमा गिद्धे पहाड़ मन्दिरको पुजारी पुरूषोत्तम अधिकारीले विस्तृत रूपमा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *