रामनवमीको लागि लगाइएको गेरुवा झण्डा निकालिदिएको अभियोग, दोषीहरूलाई पक्राउ गरिनुपर्ने मागमा पथ अवरोध

राजगञ्ज : रातिको अँध्यारोको फाइदा उठाएर रामनवमीको लागि लगाइएको गेरुवा झण्डा फुलबारी इलाकाबाट निकालिदिएको केही दुष्कृतिहरूविरुद्ध आरोप उठेको छ। तिनीहरूलाई पक्राउ गरिनुपर्ने माग गर्दै राम महोत्सव समितिका सदस्यहरूले आज पथ अवरोध गरे। आगामी 30 मार्चको दिन फुलबारीबाट सिलगढीसम्म रामनवमीको शोभायात्रा निकालिइने भएको छ। यसैले गर्दा गत 20 मार्चमा फुलबारीदेखि उत्तरकन्यासम्म गेरुवा झण्डा लगाइएको थियो। गत अबेर राति फुलबारी बटालियन मोड संलग्न इलाकामा लगाइएको केही झण्डाहरू निकालिदिएको आरोप रहेको छ। घटनापछि आरोपीहरूलाई पक्राउ गरिनुपर्ने माग गर्दै आज राम महोत्सव समितिका सदस्यहरूले एसियन हाईवे 2 पूर्व धनतला इलाकामा पथ अवरोध गरे। लगभग 30 मिनटसम्म पथ अवरोध गरेपछि एनजेपी थाना पुलिसको आश्वासनमा उक्त पथ अवरोध हटाइयो। यसको साथै समितिका सदस्यहरूले एनजेपी थानामा विक्षोभ प्रदर्शन गरे। यस विषयमा राम महोत्सव समितिका सदस्य राजीव साहाले भने, चाँडै आरोपीहरूलाई पक्राउ गरिनुपर्छ। यसो नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes