रामनवमीलाई लिएर बैठकको आयोजना

नक्सलबारी : नक्सलबारी रथखोलामा रामनवमीको दिन आयोजना गरिने विशाल शोभायात्रालाई लिएर एउटा बैठकको आयोजना गरियो। यस बैठकमा मुख्य रूपमा भाजपाका सिलगढी जिल्ला सचिव दिलीप बारोई, टीकाराम दहाल, गणेश दे, नव कुमार दत्त, गौरव दे लगायत अन्य मानिसहरू उपस्थित थिए। उक्त बैठकमा आगामी रामनवमी पर्वलाई सौहार्दपूर्ण एवम् शान्तिपूर्ण ढङ्गमा पालन गर्ने लगायत अन्य विविध विषयमा चर्चा परिचर्चा गरिएको दिलीप बारोईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *