राम प्रसाद साहाको हत्याको आशंकामा तिनका 2 जना साथी हिरासतमा

सिलगढी : मानसिक रूपले अस्वस्थ्य युवक राम प्रसाद साहाको रहस्यमयी ढङ्गमा मृत्यु भएको 12 घण्टाको अवधिमै आशीघर आउटपोस्ट पुलिसले प्राथमिक सन्देहको आधारमा 2 जना युवकलाई हिरासतमा लिएको छ। पुलिसले हाल ती दुईजना युवकको नामको खुलासा गरेको छैन। आशीघर आउटपोस्ट पुलिस र डीडी (डिटेक्टिभ डिपार्टमेन्ट)-ले उक्त दुईजना युवकसित सोधखोज गरिरहेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हिरासतमा लिएको दुईजना युवक मृतक राम प्रसाद साहाको साथी हुन् भने तिनीहरूले नै राम प्रसादको मृत्यु भएको बारे परिवारका सदस्यहरूलाई खबर दिएका थिए। हत्याको दिन पनि यी दुई युवकलाई राम प्रसादसित देखिएको थियो। पुलिसको प्राथमिक सन्देह अनुसार नशालु पदार्थ सेवन अवधि यी 3 जना माझ कुनै कुरालाई लिएर झगडा हुँदा उक्त 2 जना युवकले राम प्रसादलाई ढुङ्गाले हिर्काएर हत्या गरेको हुनसक्छ। सिलगढी पुलिस कमिश्नर अखिलेश चतुर्वेदी, डीसीपी जय टुडू, एसीपी शुवेन्द्र कुमार र डीडी एसीपी राजेन छेत्रीले आज घटनास्थलको निरीक्षण गरे। यस अवधि एसीपी शुवेन्द्र कुमारले फोन मार्फत् जानकारी दिए अनुसार मृतक राम प्रसादको दुईजना साथीलाई सन्देहको आधारमा सोधखोजको लागि हिरासतमा लिएको छ। उक्त मामिलाबारे गम्भीरताको साथमा जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *