रामपुरहाट घटनाको प्रतिवादमा सिलगढी सहरमा भाजपाको रेली

सिलगढी: पश्चिम बंगालको बीरभूम जिल्लाको रामपुरहाटमा भएको हिंसाको घटनाको प्रतिवाद जनाउँदै भाजपाले आज सिलगढीमा एउटा विरोध रेली निकाल्यो। भाजपाको उक्त विरोध रेली सहरको हाशमी चौकबाट शुरू भएर विभिन्न ठाउँहरूको परिक्रमा गऱ्यो। यस अवसरमा भाजपा पार्षद साथै जिल्ला स्तरीय नेताहरूको उपस्थिति रहेको थियो। घटना क्रम अनुसार सत्ताधारी पार्टीका नेताको मृत्यु भएपछि उक्त हिंसा तथा मारपिटको घटना प्रकाशमा आएको छ। पश्चिम बंगालको बीरभूम जिल्लाको रामपुरहाट ब्लक अन्तर्गत बकटुई गाउँमा तृणमूल कङ्ग्रेसको उप प्रधान भादू शेखलाई गत सोमवार राति बम विस्फोट गराएर हत्या गरेको घटना पछि हिंसा फैलिएको छ। यसको बद्ला लिनको लागि शेखका समर्थकहरूले गाउँमा कम्तिमा 10 देखि 12 वटा घरमा आगो लगाइ दिएको आरोप छ भने उक्त आगलागीमा 8 जनाको मृत्यु भएको छ। उक्त घटना पछि राज्यभरिमैं राजनैतिक माहौल गर्मिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *