रामपुरिया बस्तीका श्रद्धा छेत्री आईसीएसई परीक्षामा 95 प्रतिशत अङ्क ल्याएर उतीर्ण

तकदाह: रंगली रंगलीयट, तकदाह ब्लक अन्तर्गत पर्ने रामपुरिया बस्ती निवासी मुकेश छेत्री अनि सृजना छेत्रीको छोरी श्रद्धा छेत्रीले आइसीएसई परीक्षामा 95 प्रतिशत अंक हासिल गरेर उतीर्ण बनेकी छन्। तिनले खरसाङको हिमाली बोडिङ स्कुलबाट परीक्षा दिएकी थिइन्। तिनको सफलताको लागि पिता मुकेश छेत्रीले यसको मुख्य श्रेय स्कूल पक्षलाई दिएका छन्। तिनको सफलतामा सम्पूर्ण ग्रामवासीले नानीलाई शुभकामना व्यक्त गर्नको साथै आगामी उच्च शिक्षाको लागि पनि शुभकामना दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *