राँचीमा आयोजित नेशनल किकबक्सिङ च्याम्पियनशीपमा राजगञ्जकी प्रियङ्काले हत्याइन् गोल्ड मेडल

राजगञ्ज (निसं): नेशनल किकबक्सिङ च्याम्पियनशीपमा राजगञ्जकी प्रियङ्का रायले गोल्ड मेडल जितेकी छन्। गरिब परिवारकी छोरीको उक्त सफलतामा इलाकाका मानिसहरू निक्कै खुशी छन्। प्रियङ्काले यसलाई लिएर 4 पल्ट राष्ट्रिय स्तरमा गोल्ड मेडल जितिसकेकी छन्। यसबाहेक प्रियङ्काले विश्व किकबक्सिङ च्याम्पियनशीपमा काँस्य पदक पनि हत्याइसकेकी छन्। प्रियङ्का राजगञ्जको पानीकौरी ग्राम पञ्चायतको चन्दारबारी गाउँ निवासी नौजन रायकी छोरी हुन्। तिनी पेसाले राजमिस्त्री हुन्। प्रियङ्का आठौँ कक्षाकी छात्रा हुन्।  प्रियङ्कालाई सानैदेखि किकबक्सिङ खेल्न मन पराउन्थिन्। धेरै अभाव भए तापनि तिनले आफ्नो अभ्यास जारी राखिन्। झारखण्डको राँचीमा 23 देखि 27 अगस्तसम्म चिल्ड्रेन क्याडेट्स एन्ड जुनियर्स नेशनल किकबक्सिङ च्याम्पियनशीप आयोजना गरिएको थियो। चन्दारबारी गाउँकी प्रियङ्काले उक्त प्रतियोगितामा अंश ग्रहण गरेकी थिइन् भने तिनले 37 किलोग्राम वर्गमा भाग लिएर पहिला स्थान हासिल गरेकी थिइन्। यसभन्दा अघि प्रियङ्काले राष्ट्रिय स्तरमा तीन स्वर्ण र विश्व च्याम्पियनशीपमा काँस्य पदक जितेकी छन्। प्रियङ्काले बताएअनुसार राष्ट्रिय स्तरमा किकबक्सिङ प्रतियोगितामा पहिलो स्थान ओगट्न सफल भएकोमा निक्कै खुसी लागिरहेको छ। भविष्यमा देशको प्रतिनिधित्व गरेर गोल्ड जित्ने इच्छा छ। प्रियङ्काको बाबु नौजन रायले बताएअनुसार छोरीले राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेकी छन्। यो मेरो लागि गर्वको कुरा हो। भविष्यमा देशको लागि खेल्ने छोरीको इच्छा रहेको छ। राजमिस्त्री गरेर परिवारको भरण पोषण गरिरहेको छु। छोरीको इच्छा कसरी पुरा गर्ने थाहा छैन। ऋण लिएर छोरीको प्रशिक्षण गरेको हो। धेरै ठाउँमा आवेदन गरे तापनि सरकारको तर्फबाट कुनै सहयोग पाएको छुइनँ। तिनले आज फेरि सरकारसमक्ष सहयोगको गुहार लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahisgrandpashabetjojobetgrandpashabetjojobet girişgrandpashabetmarsbahiscasibomcasibomholiganbetjojobetbetbey girişmarsbahisgrandpashabetbetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltcasibomromabet girişjojobetbetsalvadorgrandpashabet girişgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişradissonbetpusulabetgrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes