रङ्गारङ्ग शोभायात्राको साथमा सिलगढीको 23 नम्बर वार्डको वार्ड उत्सव शुरू

सिलगढी : रङ्गारङ्ग शोभायात्राको साथमा सिलगढीको 23 नम्बर वार्डको वार्ड उत्सव नव आनन्दे जागो शुरू भएको छ। उक्त शोभायात्रा 23 नम्बर वार्डको माइकल स्कुलबाट शुरू गरेर विभिन्न इलाकाको परिक्रमा गर्यो। उक्त शोभायात्रामा सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकारी, वार्ड काउन्सिलर लक्ष्मी पाल, मदन भट्टाचार्य, अमर पाल लगायत वार्डका विशिष्ट व्यक्तिहरू सामेल थिए। यस सम्बन्धमा वार्ड पार्षद लक्ष्मी पालले भनिन्, कोरोना महामारीले गर्दा गत 2 वर्षदेखि वार्डको विभिन्न कार्यक्रम स्थगित गरिएको थियो। यस वर्ष स्थिति सामान्य भएकोले सबैमा उत्साह देखापरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *