रङ्गारङ्ग शोभायात्राको साथमा सिलगढीमा विश्व मधुमेह दिवस पालन

सिलगढी : सिलगढीमा रङ्गारङ्ग शोभायात्राको साथमा वर्ल्ड डाइबेटिस डे पालन गरियो। आज 14 नोभेम्बर विश्व मधुमेह दिवसको अवसरमा डाइबेटिसबारे मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर सिलगढीमा एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा चिकित्सक, एथलेटिक तथा क्रीडा सम्बन्धित व्यक्तित्वहरूले अंश ग्रहण गरेका थिए। यसको साथै सीमा सुरक्षा बलको ब्यान्डको प्रस्तुतिले सहरवासीको मन जित्न सफल बन्यो। उक्त शोभायात्रा सिलगढीको महानन्द ब्रिज नजिकबाट शुरू गरेर हासमी चोक हुँदै पुनः महानन्दा ब्रिज नजिक पुगेर समापन गरियो। विशेषज्ञहरू अनुसार विश्वमा लगभग 40 करोड मानिसहरू डाइबेटिस रोगले ग्रसित छन्। जागरूकता, व्यायाम, नियमित आहार तथा धुम्रपानको सेवन नगरे यस रोगबाट मुक्ति पाउन सकिन्छ। यस अवसरमा डा. शंख सेनले भने, नियमित व्यायाम, गुणवत्तापूर्ण भोजन, धुम्रपानदेखि टाढा बसे डाइबेटिसबाट निजात पाउन सकिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *