रङ्गबुल धोतरियाका 10 वटा बुथ स्तरीय समितिद्वारा अनित थापाको नेतृत्वलाई स्वीकार

सोनादा: रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत रङ्गबुल धोतरियाका 10 वटा बुथ स्तरीय समितिले पनि गोजमुमो कार्यवाहक अध्यक्ष अनित थापाको नेतृत्वलाई स्वीकार गर्यो। आज रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत रङ्गबुल धोतरिया इलाकाका 10 वटा बुथ स्तरीय समितिका प्रतिनिधिहरुलाई लिएर एउटा साङ्गठनिक सभा सम्पन्न भयो। समष्टिका कार्यवाहक सभापति जीवन प्रधानको अध्यक्षतामा सम्पन्न सभामा दार्जिलिङ महकुमा अध्यक्ष आलोक कान्तमणी थुलुङ्, युवा मोर्चा केन्द्रिय अध्यक्ष अमृत योन्जन, केन्द्रिय प्रवक्ता केशवराज पोखरेल, केन्द्रिय समिति सदस्य राजेश चौहानको उपस्थितिमा सम्पन्न सभामा सम्पुर्ण बुथ स्तरीय समितिका प्रतिनिधिहरुले कार्यवाहक अध्यक्ष अनित थापाको नेतृत्वलाई नै स्वीकार गरेको घोषणा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *