रङ्गबुल धोतरिया रङ्गमुक समष्टिको विभिन्न ठाउँमा शहीद दिवस पालन

सोनादा : गोर्खा जनमुक्ति मोर्चा 2 रङ्गबुल धोतरिया रङ्गमुक समष्टिले आज समष्टि अन्तर्गत रहेका विभिन्न शहीदवेदीहरुमा पुगेर शहीदहरुलाई स्मरण गर्दै शहीद दिवस पालन गरे। समष्टि समन्वयक एवम् केन्द्रिय सदस्य राजेश चौहानको अगुवाइमा समष्टि स्तरीय नेतृत्व अनि सम्बन्धित बुथ स्तरीय समितिका पदाधिकारीहरु शहीदवेदीमा पुगेर खदा माला अर्पण गर्नको साथै शहीद परिवारका सद्स्यहरुलाई शल ओडाएर सम्मान गर्दै स्मृति पत्र पनि समष्टिको पक्षबाट प्रदान गरियो। कोरोना महामारी र त्यसको प्रकोपलाई ध्यानमा राख्दै  यसपल्ट गोर्खा जनमुक्ति मोर्चा 2 ले विभिन्न स्थानमा रहेको शहीदवेदीमा नै पुगेर शहीद दिवस पालन गरेको जानकारी दिँदै राजेश चौहानले यो शहीद दिवस गोर्खा जातिको निम्ति महत्वपुर्ण दिन हो भन्दै हाम्रो खोसिएको अधिकार, स्वभुमिमा विदेशिको लाच्छना, गोर्खाहरुको विकट परिस्थिति, दासत्वबाट मुक्ति दिलाउन शहीद बनेका गोर्खे योद्धाहरुको बलिदान अमुल्य रहेको बताए। शहीदहरुले दिएको योगदान, तिनीहरुले दिएको बलिदानको सही मुल्याङ्कन आजसम्म पनि गर्न सकिएको छैन भन्दै आजसम्म हामीले फुल र मालाले मात्रै सम्मान गरिरहेका छौ तर अब हामी सबै एकजुट भएर शहीदहरुको बलिदानलाई कदर गर्दै तिनीहरुको सपना पूरा गर्न पर्छ भनी राजेश चौहानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *