रङ्गबुलका कोभिड संक्रमितहरूको निम्ति सुवास लामाद्वारा नि:शुल्क गाडी सेवा प्रदान

धोतरीया: रङ्गबुल धोतरीया रम्बुक समष्टि, कोभिड 19 सर्भिलेन्स समितिका प्रमुख समन्वयक राजेश चौहानको उपस्थितिमा यहाँको बङ्गला डाँडा निवासी सुवास लामाले मानवताको श्रेष्ठ उदाहरण प्रस्तुत गर्दै रङ्गबुल क्षेत्रका कोभिड बिमारीहरुको निम्ति नि:शुल्क गाडी सेवा प्रदान गरेका छन्। उक्त गाडी यहाँको सिधा लाइनदेखि गोर्खा बस्तीसम्मका बिमारीहरुले नि:शुल्क उपभोग गर्न सक्ने छन्। गाडीमा कोभिड सम्बन्धित आवश्यक सामग्रीहरू पनि उपलब्ध रहेको छ। रङ्गबुल क्षेत्रमा कुनै पनि यस्तो कोभिडको घटना नघटोस् तर घटना घटिहाले अगावै तयारी रहन जरुरी रहेको कुरा समन्वयक चौहानले बताए। आज रुपेश छेत्री, सुवास लामा, एनोस हाङ सुब्बा, निरज लामा, मणिराज खनाल लगायत अन्य व्यक्तिहरुको सहभागितामा रहेको थियो। यसैगरी, कोभिड सर्भिलेन्स समितिका प्रमुख समन्वयक राजेश चौहानले सिधा लाईन परिवार समाज अनि सुनाखरी सङ्घ बङ्गला डाँडालाई आवश्यक सामग्रीहरू मास्क, सेनिटाइजर मशिन, पल्स अक्सिमिटर आदि प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *