रंगबुलका समाजसेवी दावा माइला डुक्पाको निधन

सोनादा: रंगबुल निवासी समाजसेवी दावा माइला डुक्पाको 72 वर्षको उमेरमा उपचारको क्रममा सिलगढीको एउटा निजी नर्सिङ होममा आज मृत्यु भएको छ। तिनले आफुपछि पत्नी, तीन छोरीहरू र एक छोरा छोड़ी गएका छन्। रंगबुल निवासी समाजसेवी दावा माइला डुक्पाको निधनमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले आफ्नो फेसबुक पेजमार्फत श्रद्धाञ्जलि अर्पण गर्दै दावा माइला डुक्पा समाजसेवी थिए र उनी मिलनसार व्यक्ति थिए भनी बताएका छन् । तिनले दावा माइला डुक्पा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अभिभावकको रूपमा थिए भनी बताउँदै तिनको आत्माले चिर शान्ति पाउन् भनी बताएका छन् । त्यसरी नै दावा माइला डुक्पाको निधनमा जीटीएको भाइस चेयरम्यान एंव रंगबुल धोतरिया रंगमुक समष्टिको सभासद राजेस चौहानले दावा माइला डुक्पा रंगबुल क्षेत्रको अभिभावक थिए भन्दै उनको निधनले हाम्रो सम्पूर्ण क्षेत्रलाई नै ठूलो क्षति पुगेको भनी बताउँदै उनी आफ्नो पनि अभिभावक रहेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *