रङबुल फाटक मन्दिरमा श्री गणेश चतुर्थी पर्व तथा धार्मिक अनुष्ठान  19 सितम्बरदेखि आरम्भ हुने

सोनादा (निसं): विगतका वर्षहरूमा झैं यस वर्ष पनि आगामी 19 देखि 28 सितम्बर 2023 सम्म रङबुल फाटकमा अवस्थित श्री गणेश मन्दिरमा श्री गणेश चतुर्थी पर्व तथा धार्मिक अनुष्ठानको साथमा पालन गरिने भएको छ। उक्त धार्मिक कार्यक्रममा पुजा आयोजक कमिटीले सम्पूर्ण भक्तजनलाई निमन्त्रणा गरेको छ। आयोजक कमिटीले बताए अनुसार उक्त पुजा अवधिमा दैनिक प्रातःकालीन गणेश पूजन, मध्यान्हमा भोग अर्पण टीका-प्रसाद वितरण अनि सन्ध्याकालीन भजन-कीर्तनको कार्यक्रम रहनेछ। यसैगरी, 23 सितम्बरको दिन अपरान्ह भजन प्रतियोगिताको अनि 28 सितम्बरको अन्तिम दिन हवन, भण्डारा, प्रसाद वितरण, पुरस्कार वितरणको साथै पुजा विसर्जन आदि जस्ता कार्यक्रमहरू रहेको जानकारी दिँदै कार्यक्रममा उपस्थित भई गणेश चतुर्थी पर्वलाई सफल बनाइदिनुहुन सबैलाई हार्दिक अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *