रङ्गारङ कार्यक्रमबीच फुटबल फाइनल खेल सम्पन्न

बिजनबारी: बिजनबारीको रेलिङ उच्चत्तर माध्यमिक विद्यालय प्राङ्गणमा गत 11 नोभेम्बरदेखि शुरू गरिएको फुटबल प्रतियोगिताको फाइनल खेल विविध सांस्कृतिक कार्यक्रमको साथमा समापन गरियो। अति रोमाञ्चक फाइनल खेलमा बिजनबारी फुटबल दलले रेलिङलाई पराजित गरेर ट्रफी हत्यायो। फाइनल खेल कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोजमुमो उपाध्यक्ष सतिश पोख्रेल अनि अन्य खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *