रङ्गीन माछा पालेर स्वालम्बी बन्दैछन् गजलडोबाका युवाहरू

राजगञ्ज : जलपाईगढी जिल्लाको गजलडोबाका केही मानिसहरूले रङ्गीन माछा पालेर स्वालम्बी बन्ने सोँच बनाएका छन्। यहाँका केही मानिसहरूले रङ्गीन माछा पाल्न थालेका छन् भने उक्त माछा बिक्री गर्नको लागि तिनीहरू छेउछाउका सहरमाथि निर्भरशील छन्। मिठुन पाल नाम गरेको एकजना व्यक्तिले बताएअनुसार केरलाबाट प्रशिक्षण लिएर लगभग 4 महिनादेखि तिनले रङ्गीन माछा पाल्दै आइरहेका छन्। तिनले पहिला 2-3 वटा प्रजातिको माछा पाल्दै आइरहे तापनि हाल तिनले गोल्डन फिस, जेब्रा फिस, कोकोडाइल फिस लगायत विभिन्न प्रजातिको माछाहरू पालन गर्दै आइरहेका छन्। गजलडोबा बजार लगायत मालबजार, जलपाईगढी अनि सिलगढी सहरमा उक्त रङ्गीन माछाहरू बिक्री गर्ने गरिन्छ। तिनले यस प्रकारको माछा पालनमा निक्कै फाइदा हुने बताएपछि हाल तिनका इलाकामा पनि अझ अन्य केही मानिसहरूले पनि यस प्रकारको माछा पाल्न शुरू गरेका छन्। हाल कोरोनाको कारणले बजार व्यवसायमा केही समस्या देखापरे तापनि परिस्थिति चाँडै स्वाभाविक हुने तिनीहरूले आशा साँचेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *