रङ्ली कमानबाट 45 परिवार हिल टीएमसी-मा सामेल

दार्जिलिङ : हिल तृणमूल कङ्ग्रेस रङ्ली-रङ्लियट ब्लकका युवा अध्यक्ष गोबिन तामाङको नेतृत्वमा तकदाह-टिस्टाभेल्ली समष्टि अन्तर्गत पर्ने रङ्ली चियाकमानबाट 45 घर परिवार हिल तृणमूल कङ्ग्रेस सामेल भएका छन्। पार्टीमा सामेल भएकाहरूलाई युवा अध्यक्ष गोबिन तामाङ लगायत अन्य स्थानीय पार्टीका शीर्ष नेतृत्वहरूको बाहुलीबाट झण्डा प्रदान गर्नको साथै तिनीहरूलाई पार्टीमा स्वागत जनाए।


उक्त कार्यक्रम अवधि युवा अध्यक्ष गोबिन तामाङ लगायत तकदाह ग्लेनबर्न समष्टिका युवा को-अर्डिनेटर फिरोज गुरूङ, हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला ट्रेड युनियनका सह सचिव विकास सुब्बा, मानेडाँडा ग्राम पञ्चायत अध्यक्ष सरन गुरूङ आदि उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *