रंगली रंगलीयट ब्लक तकदाहद्वारा द्वारे सरकार कार्यक्रम

तकदाह: राज्य सरकारद्वारा प्रदान गरिएको द्वारे सरकार अर्थात् दैलोमा सरकार कार्यक्रम दार्जिलिङ जिल्लाको रंगली रंगलीयट ब्लकमा पनि आजदेखि तकदाह ग्राम पञ्चायतबाट शुरु गरिएको छ। यसै अन्तर्गत पश्चिम बङ्गाल सरकारले राज्यवासीहरूका घर दैलोमा लिएर आएको विभिन्न सरकारी सेवाहरू स्वास्थ्य साथी, 100 दिनको काम, अनुसूचित जाति/ जनजाति/ ओबीसी सर्टीफिकेट प्रदान, किसान बन्धु, जय जोहार, रूपश्री, कन्याश्री, एकताश्री (अल्पसंख्यक स्कलरशीप), शिक्षाश्री (अनुसूचित जाति/जनजाति स्कलरशीप), खाद्य साथी (राशन कार्ड संशोधन), अनुसूचित मित्र आदि जस्ता योजनाहरूको लागि रंगली रंगलीयट ब्लकले मोठ 4 चरणमा यहाँको 11 वटा‌ पञ्चायतमा विभिन्न तारिख अनुसार‌ राखिएको छ। ती सबै कार्यक्रममा ब्लकका सबै विभागहरुको परियोजनाको यसमा सुयोग पाइने बताइको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *