रङ्गमुक चियाकमानमा श्रमिकहरूद्वारा धरना प्रदर्शन जारी

सोनादा : श्रमिकहरूलाई दैनिक वेतन नदिएको विरुद्धमा आज एघारौँ दिनमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा रङ्गमुकको गोदाम अघि धरना प्रदर्शन गरियो। यस अवधि पाँचवटा डिभिजनका श्रमिकहरूको उपस्थिति रहेको थियो। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महकुमा उपाध्यक्ष प्रमेश राई लगायत भातृ संगठनका सदस्यहरूको पनि व्यापक सङ्ख्यामा उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *