रंगमुक प्राथमिक पाठशालामा आँखा जाँच तथा रक्तदान शिविरको आयोजना

सोनादा: सोनादा ट्राफिक पुलिस, नाली चउर भेटरेन, रियल रंगमुक र रंगमुककै नियति स्वनिर्भर दलको संयुक्त आयोजनामा रंगमुक प्राथमिक पाठशालामा आँखा जाँच तथा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा मोठ 22 जनाले रक्तदान गरे भने आँखा जाँच शिविरमा 70 जनाको आँखा जाँच गरियो। उक्त शिविरमा सोनादा ट्राफिक पुलिसको बड़ाबाबु सञ्जीव दत्त, एएसआईद्वय धनागोपाल र मनोज तामाङ साथै नाली चउर भेट्रेन क्लब, रियल रंगमुक क्लब र नियति स्वनिर्भर दलको प्रतिनिधिहरू उपस्थित थिए।


यस अवसरमा ट्राफिक नियम र सेफ ड्राइभ सेभ लाइफमाथि पनि जनचेतनामूलक कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा खरसाङ ब्लड ब्याङ्क अनि लायन्स क्लबका प्रतिनिधिहरू उपस्थित थिए। रक्तदान शिविर सफल बनाएकोमा सोनादा ट्राफिक पुलिसका बड़ा बाबु सञ्जीव दत्तले सबैप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *