रङमूक सिडर्स चियाबारी आजदेखि खोलियो

दार्जिलिङ: बन्द अवस्थामा रहेको रङमूक सिडर्स चियाबारी आजदेखि पुजा अर्चना गरेपछि खोलियो। उक्त कमान नयाँ मालिक श्री श्री श्री नारायण कम्पनीले लिएको छ। बन्सल अधिनस्थ रहेको 10 वटा बगानहरूमध्ये चार वटा रङ्गमुक सिडर्स, आलुबारी, रागेरुङ र पान्दम चियाबारी श्री श्री श्री नारायण एन्ड कम्पनीलाई हस्तान्तरण गरिएको छ। आज फ्याक्ट्रीमा पुजा अर्चना गरेर विधिवत रूपमा कमानको काम सुरू गरिएको छ भने आजदेखि कमानका श्रमिकहरू लगायत स्टाफ, सव स्टाफहरू आ-आफ्नो काममा गए।


आज पूजा कार्यक्रममा विशेष रूपमा हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन केन्द्रीय अध्यक्ष जेबी तामाङ, जीटीए डेप्युटी चिफ राजेश चौहान, पाँच वटा डिभिजनका प्रतिनिधि लगायत श्रमिक संगठनका अन्य नेताहरू पनि उपस्थित थिए। चिया श्रमिकहरूको तर्फबाट आज बिहान जीटीए डेप्युटी चिफ राजेश चौहान, श्रमिक संगठनका नेता जेबी तामाङ लगायत अन्य खदा लगाइदिएर तिनीहरूप्रति कृतज्ञता प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *