रंगमुक सिडर्स चियाबगान बन्द हुनुमा भागोप्रमो जिम्मेवार : जोइन्ट फोरम

दार्जिलिङ (निसं) : रंगमुक सिडर्स चियाबगान आजदेखि बन्द भएकोबारे जानकारी गराउँदै कमान बन्द हुनमा जीटीएको सत्ताधारी पार्टी भागोप्रमो जिम्मेवार रहेको छ जोइन्ट फोरमले आरोप लगाएको छ। जोइन्ट फोरमका प्रवक्ता सुनिल राईले आज पत्रकार सम्मेलन गरेर रंगमुक सिडर्स चियाबगान बन्द हुनमा भागोप्रमो जिम्मेवार रहेको छ भन्दै श्रमिकहरूको सम्पूर्ण समस्या समाधान पनि अब भागोप्रमो-ले नै गरेको हुनपर्छ भनी बताएका छन्। जीटीए-को सत्तारूढ पार्टी अनि ट्रेड युनियनले अगणतान्त्रिक क्रियाकलाप चिया बगानहरूमा गरिरहेको साथै गैर कानुनी एग्रीमेन्टले चियाबगानहरू दिन प्रतिदिन लथालिङ्ग भएर गइरहेको बताए। तिनले अझ भने, रंगमुक सिडर्स चियाबगानमा राजनैतिक हस्तक्षेप भएपछि नै आज यस चियाबगान लकआउट भएको घोषणा गरेको हो। गत समय जीटीएले लालकोठीमा श्री नारायणी कम्पनीसँग एग्रीमेन्ट गरेको थियो जसको परिणाम अहिले श्रमिकहरूले भोग्नु परिरहेको पनि प्रवक्ता सुनिल राईले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *