रंगमुक सिडर्समा चिया श्रमिकहरूलाई भेटे प्रार्थी एनबी खवासले

सोनादा (निसं) : आगामी जीटीए चुनाउको लागि रंगमुक धोतरिया रंगबुल समष्टीबाट हिल तृणमूल कङ्ग्रेसको प्रार्थी एनबी खवासले आज रंगमुक सिडर्स चियाबारीमा धरनामा बसिरहेका चिया श्रमिकहरूलाई भेट्न पुगे। गत धेरै दिनदेखि वेतन नपाएपछि बन्सल कम्पनी अन्तर्गत पर्ने रंगमुक सिडर्स चियाबारीका श्रमिकहरूले वेतनको माग गर्दै चिया कारखाना अघि लगातार धरना प्रदर्शन गर्दै आइरहेका छन् भने आज ती धरनामा बसिरहेका श्रमिकहरूलाई हिल तृणमूल कङ्ग्रेस प्रार्थी एनबी खवासले भेट गरेर तिनीहरूको विभिन्न समस्याहरू बुझ्ने प्रयास गरे। यसावधि हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले यस क्षेत्रमा नै जनसम्पर्क कार्यालय खोल्ने र श्रमिकहरूको समस्याहरू समाधान गर्नलाई सप्ताहमा एकपल्ट आउने पनि बताए। अर्कोतिर धरनामा रहेका श्रमिकहरूले आफुहरूको वेतन सहित विविध समस्याहरू समाधान गरिदिने हिल तृणमूल कङ्ग्रेसका नेता तथा पार्टीको उम्मेदवार एनबी खवास समक्ष माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *