रंगनीट चियाकमानमा चौथो दिन अनशन जारी, सरकार पक्षको टोली आइपुग्यो घटनास्थलमा

दार्जिलिङ : दार्जिलिङको रंगनीट चियाकमानमा स्थानीय चियाश्रमिकहरूसँगै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड तथा तिनकी स्वास्नी नम्रता एडवर्डद्वारा आज चौथो दिन पनि अनशन जारी रहेको छ। लगातार श्रमिकहरूद्वारा मालिक पक्षलाई दवाउ दिइरहेको कारणले गर्दा साथै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले उक्त कमानको लिज मालिक पक्षबाट खारेज गरिनुपर्ने माग गर्दै मुख्यमन्त्री समेतलाई पत्राचार गरेपछि आज सरकार पक्षको तर्फबाट एउटा प्रतिनिधि टोली रंगनीट चियाकमानको अनशन स्थलमा आइपुगेको छ। यस अवसरमा चियाश्रमिकहरूले बिहानैदेखि विभिन्न नाराबाजीहरू गरिरहेको छ। अर्कोतिर, जबसम्म आफूहरूको माग पुरा हुँदैन तबसम्म अनशन जारी रहने श्रमिकहरू लगायत अजय एडवर्डले दावी गरेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *