रानीडाङ्गा 41 नम्बर बटालियनको पहलमा शुरू गरिएको 30 दिने सिलाई प्रशिक्षण शिविरको समापन

सिलगढी : सिमाना इलाकाका महिलाहरूलाई स्वनिर्भर बनाउने उद्देश्य लिएर 30 दिने सिलाई प्रशिक्षण शिविरको आज एउटा कार्यक्रमबीच समापन गरियो। सिमान्त सुरक्षा बलको रानीडाङ्गा 41 नम्बर बटालियनको पहलमा तथा आरएस म्यानेजमेन्ट सर्भिसको सहयोगितामा खोरीबारीको मदनजोत 41 नम्बर बटालियनमा सिलगढी फ्रन्टियरको डीआईजी डीबी सोनारले उक्त शिविरको समापनको घोषणा गरे। यस अवसरमा रानीडाङ्गा हेड क्वार्टरका डेपुटी कमान्डर नवीन कुमार राय, मदनजोत क्याम्पका इन्चार्ज निखिल विश्वास, मृणाल रञ्जन राय, विपिन मिश्र लगायत अन्य उपस्थित थिए। उक्त समापन कार्यक्रममा डीआईजीले प्रशिक्षित महिलाहरूलाई सर्टिफिकेट प्रदान गर्नको साथै आगामी दिनमा राम्ररी काम गर्ने सन्देश पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *