रानीगञ्ज अञ्चल 1 नम्बर कांग्रेस कमिटी-द्वारा लुगाफाटा वितरण  

खोरीबारी : रानीगञ्ज अञ्चल 1 नम्बर कांग्रेस कमिटीको तर्फबाट आज पार्टी कार्यालयमा लुगाफाटा वितरण गरियो। यस अवसरमा कांग्रेस पार्टी अञ्चलका अध्यक्ष चकरे छेत्री, कार्यकारी अध्यक्ष सन्तोष सिंह, शिवनारायण पोद्दार लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। अञ्चलका कार्यकारी अध्यक्ष सन्तोष सिंहले बताएअनुसार दुर्गा पुजाको अवसरमा जिल्ला अध्यक्ष शंकर मालाकारको निर्देशअनुसार आज अञ्चलका लगभग 100 जना आवश्यकमन्द परिवारलाई लुगाफाटा वितरण गरिएको हो। आगामी दिनमा पनि लुगाफाटा वितरण गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *