रानीनगरस्थित इन्डेन बटलिङ प्लान्टमा कोरोना  टीकाकरण शिविर

सिलगढी : रानीनगरस्थित इन्डेन बटलिङ प्लान्टमा आज कोरोनाको दोस्रो डोजको लागि टीकाकरण शिविरको आयोजना गरिएको छ। उक्त शिविरमा अधिकारी, कर्मचारी, ठेका कर्मचारी, ड्राइभर साथै हेल्परहरू गरेर मोठ 352 जनालाई कोरोनाको खोप लगाइयो। प्राप्त जानकारी अनुसार उक्त टीकाकरण शिविर पश्चिम बंगाल सरकार तथा स्वास्थ्य विभागको संयुक्त पहलमा इन्डियन ओयलको पश्चिम बंगाल राज्य कार्यालयका मुख्य महाप्रबन्धक (एलपीजी) अभिजीत दे-को नेतृत्वमा आयोजित गरिएको हो। यस अवसरमा वरिष्ठ तक्निकी विभागीय प्रबन्धक जीएस सुधान्शु, प्रबन्धक शुभङ्कर चक्रवर्ती आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *