रञ्जन सरकार र कुन्तल रायलाई सम्मान जनायो बङ्गाल मेडिकल एन्ड रिप्रेजेन्टेटिभ एसोसिएशनले

सिलगढी : बङ्गाल मेडिकल एन्ड रिप्रेजेन्टेटिभ एसोसिएशनको तर्फबाट आज दार्जिलिङ जिल्ला अध्यक्ष तथा जिल्ला टास्क फोर्सका सदस्य रञ्जन सरकारलाई पार्टी कार्यालयमा सम्मानित गरियो। यस अवसरमा तिनले सिलगढीमा कोरोना भाइरसको लक्षण नभएको रोगीहरूको लागि एउटा सेफ हाउस बनाइएको साथै उक्त सेफ हाउसको संख्या बढ़ाउने बताए। यसबाहेक सिलगढीमा कोरोना रोगीहरूको लागि दुईवटा कोभिड अस्पताल रहेको, जहाँ रोगीहरूको राम्रो उपचार भइरहेको तिनले बताए। आज युवा अध्यक्ष कुन्तल रायलाई पनि सम्मानित गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *