रेञ्जर सञ्जय दत्तद्वारा असहाय परिवारलाई आर्थिक सहयोग

राजगञ्ज : बेलाकोवाको माझाबारी इलाकाको माद्रसा गाउँ निवासी मोजाफर रहमान गत 3 महिनाअघि दुर्घटनामा परेपछि हाल हिँडडुल गर्न पनि नसक्ने स्थितिमा पुगेका छन्। आफ्नो चिकित्सा लगायत परिवारको भरण-पोषण गर्न हाल तिनी असक्षम बनेकोले आज सालुगढा रेञ्ज कार्यालयका रेञ्जर सञ्जय दत्त तिनको सहयोगको लागि अघि आएका छन्। प्राप्त जानकारी अनुसार मोजाफरले एउटा मालवाहक वाहन चलाउने गर्थे। तिनको परिवारमा स्वास्नी, एउटा सन्तान, बाबु-आमा लगायत 8 जनाको सदस्य रहेको छ। लगभग 3 महिना अघि मोजाफर दुर्घटनामा परेपछि सिलगढीको एउटा गैर सरकारी अस्पतालमा तिनको प्राथमिक उपचार चलेपछि यसपछि तिनलाई चिकित्साको लागि तिनलाई दक्षिण भारतमा लगियो। दुर्घटनापछि सञ्जय दत्तले तिनीहरूको सहयोग गर्दै आइरहेका छन् भने हाल स्वस्थ भए तापनि मोजाफर हिँडडुल गर्न सक्दैनन्। तिनको उपचारको लागि परिवारका सदस्यहरूले आफूमा भएको सबै रुपियाँहरू खर्च गरिसकेकोले गर्दा तिनीहरूको अवस्था हाल खुबै दयनीय बन्न पुगेको छ। यसैले आज सञ्जय दत्तले उक्त पीडित परिवारसित भेट गरेर केही आर्थिक सहयोग प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *