रेपिड एन्टिजेन टेस्ट शिविरबारे राजगञ्जमा टास्क फोर्स कमिटीको बैठक

राजगञ्ज : राजगञ्ज ब्लकको प्रत्येक ग्राम पञ्चायतको जनसंख्या बहुल इलाकामा रेपिड एन्टिजेन टेस्ट शिविरको आयोजना गरिने भएको छ। आज राजगञ्ज ग्रामीण अस्पतालको सभा कक्षमा कोभिड-19 टास्क फोर्स कमिटीको बैठकमा उक्त निर्णय लिएको हो। राजगञ्ज ब्लक स्वास्थ्य विभाग अनुसार हालसम्म राजगञ्ज ब्लकको 53 रेपिड एन्टिजेन टेस्ट शिविरमा 8200 जना मानिसहरूको स्वाब जाँच गराइसकेको छ भने तीमध्ये 191 जनाको रिपोर्ट पोजेटिभ आएको छ। तर रालको जाँच गर्नको लागि मानिसहरू शिविरमा आउन नचाहेकोले गर्दा ती मानिसहरूलाई जागरूक गर्नको लागि आज उक्त बैठक गरिएको हो। बैठकपछि सभाधिपति उत्तरा बर्मनले बताएअनुसार मानिसहरू रेपिड एन्टिजेन टेस्ट गर्नको लागि शिविरमा आउन नचाहेकोले गर्दा नै आज कोभिड-19 टास्क फोर्स कमिटीका सदस्यहरूसित एउटा बैठक गरेको हो। उक्त बैठक ग्राम पञ्चायत प्रधानहरूले आ-आफ्नो इलाकामा जागरूकता फैलाएर मानिसहरूलाई रेपिड एन्टिजेन टेस्ट गर्नको लागि शिविरमा आउनको लागि पहल गर्नुपर्ने निर्णय लिएको तिनले बताइन्। आजको बैठकमा राजगञ्जका विधायक खगेश्वर राय, पञ्चायत समितिकी अध्यक्ष पूर्णिमा राय, बीडीओ एनसी शेर्पा, बीएमओएच शुभदीप सरकार, ग्राम पञ्चायतका प्रधान लगायत टास्क फोर्स कमिटीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *