रासन वितरणमा अनियमितता बारे बीडीओ-लाई ज्ञापन

सुके पोखरी: पहाडमा हाल रासन वितरणमा अनियमितता आएको बारे जनताको धेरै गुनासो आएपछि गोरामुमो-को तर्फबाट खण्ड विकास अधिकारीलाई भेटेर यसबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको छ। यसैक्रममा गोरामुमो घुम जोरबङ्गलो समष्टि, सुके मानेभञ्ज्याङ समष्टि अनि पोख्रेबुङ नागरी समष्टिका प्रतिनिधिहरूको एउटा टोलीले आज सुके पोखरी खण्ड विकास अधिकारीलाई भेटेर यस बारे ज्ञापन पत्र बुझाएको छ। भेटघाटको क्रममा प्रतिनिधि टोलीले कतिपय डिलरहरुले सरकारी मापदण्ड अनुसार रासन वितरण नगरेको साथै यसबारे उचित छानबिन गरेर कार्वाही गरिनु पर्ने आफ्नो माग राखेको छ। खण्ड विकास अधिकारीले पनि उक्त विषयलाई गम्भीरतापूर्वक लिइँदै चाँडै छानबिन गरेर दोषीहरुलाई कार्वाही गर्ने आश्वासन दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *