रासन वितरण पर्यवेक्षक नियुक्त गरिनुपर्ने मागमा डीवाईएफआई-द्वारा ज्ञापन

राजगञ्ज : कलकत्ता हाई कोर्टको निर्देशअनुसार सरकारी राशनमा भष्ट्रचार बन्द गर्नुपर्ने, प्रत्येक गाउँमा रासन वितरण पर्यवेक्षक नियुक्त गर्नुपर्ने मागलाई लिएर डीवाईएफआई-को तर्फबाट आज राज्यभरि झैँ यता राजगञ्जको विभिन्न रासन डिलरसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। राजगञ्ज डीवाईएफआई लोकल कमिटीका कन्भेनर देवव्रत रायले बताएअनुसार लकडाउन अवधि आर्थिक संकटको समयमा सरकारी रासनमा भ्रष्टाचार गरेको अभियोग उठेको थियो। उक्त भ्रष्टाचारलाई रोक्ने उद्देश्य लिएर प्रत्येक गाउँमा रासन वितरण अधिकारी नियुक्त गरिनुपर्ने मागलाई लिएर कलकत्ता हाई कोर्टमा एउटा मामिला दर्ता गरेको थियो। उक्त मामिलाको फसेला आएपछि चाँडै रेसनिङ अफिसर नियुक्त गरिनुपर्ने मागमा आज राज्यभरि झैँ यता राजगञ्ज ब्लकमा पनि एउटा ज्ञापन पत्र चढाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *