राशन कार्डसित आधार कार्ड लिङ्क गर्न रुपियाँ लिएको आरोपमा एकजना पक्राउ

अलिपुरद्वार : सरकारी एप प्रयोग गरेर खाद्य साथी परियोजनाको लागि राशन कार्डसित आधार कार्ड लिङ्क गर्नको लागि रुपियाँ लिएको आरोपमा शामुकतला थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति अलिपुरद्वार जिल्लाको भाटीबारी ग्राम पञ्चायत इलाकाको खलिसामारी निवासी परितोष बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार हाल खाद्य साथी परियोजनाको लागि अलिपुरद्वार जिल्लाको घर-घरमा गएर राशन कार्डसित आधार कार्ड लिङ्क गर्ने कार्य चलिरहेको छ। यसै क्रममा खलिसामारी निवासी परितोष बर्मनले अन्य जिल्लाबाट सरकारी आईडी किनेर मानिसहरूबाट रुपियाँ लिएर राशन कार्डसित आधार कार्ड लिङ्क गर्ने गरेको आरोप उठेको छ। अलिपुरद्वार 2 ब्लकका सुपरभाइजर मजिदुल हक अन्सारीले यसबारे जानकारी पाएपछि जिल्ला सुपरभाइजरलाई लिएर तिनी खलिशामारी गए। परितोष बर्मनले गैर कानुनी रूपमा अन्य जिल्लाबाट सरकारी एप किनेर साधारण मानिसहरूबाट रुपियाँ लिएर राशन कार्डसित आधार कार्ड लिङ्क गराइरहेको प्रमाणित भएपछि शामुकतला थानामा तिनीविरुद्ध अभियोग दर्ता गरियो। अभियोगको आधारमा सोमबार राति पुलिसले परितोष बर्मनलाई पक्राउ गरेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *