सुकेपोखरी: पोख्रेबुङ ग्राम पञ्चायत तीनको राशन कार्डसित आधार लिङ्क गराउने घर दैलो अभियान अन्तर्गत आज नागरी फार्म डाँड़ा गाउँका एकाधिक घरहरूमा उक्त कार्यक्रम सम्पन्न गरियो। पाको उमेरकी नागरिक मोतीमाया प्रधान तथा अन्यको घर-घरमा पुगेर पञ्चायत कर्मीहरूले उक्त कार्य सम्पन्न गरे। पञ्चायत कर्मी तथा फूड एण्ड सप्लाई विभागप्रति परिवारको पक्षबाट आभार प्रकट गरिएको छ।