राशन दोकानहरूमा अलुवाको बद्ली बगड़ा चामल दिनुपर्ने मागमा ज्ञापन

सिलगढी  : सरकारी राशनमा अलुवा चामलको बद्ली बगड़ा चामल दिनुपर्ने माग गर्दै सिलगढीका भाजपा विधायक शङ्कर घोषले खाद्य भवनका जिल्ला नियन्त्रक अभिजित धरलाई एउटा ज्ञापन पत्र चढाएका छन्। शङ्कर घोषले बताएअनुसार सिलगढी महकुमाको राशन दोकानहरूमा अलुवा चामल दिइरहेको छ। सिलगढीमा 90 प्रतिशत मानिसहरूले अलुवा चामल खाँदैनन् तर यहाँका मानिसहरूले बगड़ा चामल खाने गर्दछन्। यसैले सिलगढी महकुमाको राशन दोकानमा अलुवा चामलको बद्ली बगड़ा चामल दिइनुपर्ने अनुरोध गर्दै ज्ञापन पत्र चढाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *