रासन दोकानमा लाखौँ रुपियाँको चोरी

सिलगढी : सिलगढीको नौकाघाट संलग्न वर्द्धमान रोडस्थित एउटा रासन दोकानमा चोरी भएको छ। दोकानमा राखेको नगद रुपियाँ लगायत लगभग लाखौँ रुपियाँको सर-समानहरू चोरी भएको बताइएको छ। प्रतिदिन झैँ आज बिहान दोकान खोल्न आउँदा दोकान मालिक तापस दासले दोकानभित्र सबै सर-समानहरू छरपस्ट रहेको साथै टिन काटेको अवस्थामा देखेपछि दोकानमा चोरी भएको थाहा पाए। घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। दोकान मालिकले बताएअनुसार बाइक किन्नको लागि राखेको रुपियाँ भुलवंश गत राति दोकानमै छोडेर गएको थिए। आज बिहान दोकान खोल्दा चोरी भएकोबारे थाहा पाए। दोकानबाट नगद रुपियाँ लगायत सर-समानहरू चोरी भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *