रासनको आटा गुणस्तर नभएको साथै सही रूपमा वितरण नगरेको बारे ज्ञापन

कालेबुङ (निसं): रासनमा वितरण गर्ने आटाको गुणस्तर सही नभएको र सरकारद्वारा आवन्टित रासन सही रूपमा वितरण नगरिएको आदि जस्ता विविध विषयलाई लिएर आज माकपा नेता तारा सुन्दासले कालेबुङ महकुमा खाद्य नियन्त्रक कार्यालयमा गएर अधिकारीलाई ज्ञापन पत्र बुझाए। यसबारे तिनले जानकारी दिँदै रासनको भेट अवधि खाद्य नियन्त्रक अधिकारीले गुणस्तर लगायत अन्य विषयमा निरीक्षण गर्न आफुसँग पर्याप्त मात्रामा कर्मचारीहरू नभएको बारे आफुलाई जानकारी गराएको साथै यो विभाग भगवान भरोसा रहेको पनि तिनले थप आरोप लगाएका छन्। अर्कोतिर, रासन सम्बन्धी चढाएको ज्ञापन बारे महकुमा खाद्य नियन्त्रक प्रभात दर्नालसँग जान्न चाहँदा तिनले आफुलाई यस विषयमा बोल्ने अधिकार नभएको जनाएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.