राशन भ्रष्टाचार विरूद्ध सिलगढीमा भाजपाको अनौठो प्रदर्शन

सिलगढी (निसं): राशन भ्रष्टाचार विरूद्ध भाजपाले राज्य भरिमा नै आवाज उठाइरहेको छ। यसैक्रममा आज सिलगढीमा पनि भाजपाले राशन भ्रष्टाचारमा सामेलहरूलाई पक्राउ गरिनु पर्ने माग गर्दै सडकमा ओर्लिए। आज साँझ सिलगढीको हाशमी चौकबाट गलामा चामलको बोराहरू झुन्डाएर, धानका विरूवाहरू बोकेर साथै चोर धरो जेले भरोअर्थात चोर पक्र जेल भर-को नारा लगाउँदै एउटा अनौठो प्रदर्शन तथा विरोध रैली निकाले। उक्त रैलीले हिलकार्ट रोड, सेभोक रोड र विधान रोडको परिक्रमा गरेपछि पुनः हाशमी चौकमा पुगेर समापन गरियो। उक्त रैलीमा सिलगढीका विधायक शंकर घोष, भाजपा सिलगढी साङ्गठनिक जिल्ला अध्यक्ष अरुण मम्डल, नगर निगमका पार्षद अनिता महतो, विवेक सिंह लगायत अन्य भाजपा नेताहरू उपस्थित थिए। यस अवसरमा विधायक शंकर घोषले भ्रष्टाचारीहरू सबै जनालाई पक्राउ गरेर सजाय दिनु पर्ने बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *