रासमेलाबाट फर्किरहेको समय सडक दुर्घटनामा 2 जना युवकको मृत्यु

कुचबिहार (निसं): माथाभाङ्गा 2 नम्बर ब्लक अन्तर्गत घोक्साडाङ्गा छोटो शिमुलगढी इलाकामा सडक दुर्घटनामा परेर 2 जनाको मृत्यु भएको छ। मृतकहरूको नाम नन्दन बर्मन र नारायण बर्मन बताइएको छ। नारायण बर्मन उनिशबिशा ग्राम पञ्चायत अन्तर्गत सुतारपाडा इलाका अनि नन्दन प्रेमेरडाङ्गाको धालोगढी इलाका निवासी थिए। दुवैको उमेर लगभग 18 वर्ष बताइएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति दुईजना युवक बाइकमा सवार भएर लतापता गाउँको कुशियारबारी रसमेलाबाट फर्किरहेको समय उक्त दुर्घटना भएको हो। त्यस समय एउटा टोटो चालक त्यहीँ सडक भएर फर्किरहेको समय तिनले दुर्घटना भएको देखेपछि पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर दुईवटा शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच सुरू गरेको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *