राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिँदै हात्तीघिसामा निकालिइयो र्‍याली

बाघडुग्रा: द्रौपदी मुर्मू आदिवासी समुदायको पहिलो महिला राष्ट्रपति बनेपछि आदवासी समाजका मानिसहरू निक्कै खुसी छन्। भाजपाको तर्फबाट आज द्रौपदी मुर्मूलाई बधाई दिँदै अभिनन्दन यात्राको आयोजना गरियो। नक्सलबारीको हात्तीघिसा विजयनगरबाट एउटा शोभायात्रा निकालेर अटल हुँदै पुनः हात्तीघिसामा पुगेर समापन गरियो। यस विषयमा भाजपा महिला नेत्री लक्ष्मी शर्माले भनिन्, राष्ट्रपति द्रौपदी मुर्मू आदिवासी समुदायको गौरव हुन्। देशको राष्ट्रपति बनेकोमा तिनलाई अभिनन्दन जनाउनको लागि आज एउटा र्‍यालीको आयोजना गरिएको हो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.