राष्ट्रपति द्रौपदी मुर्मूबारे अपमानजनक टिप्पणी गरेकोमा भाजपाका सांसद देवश्री चौधुरीद्वारा विरोध

अलिपुरद्वार राष्ट्रपति द्रौपदी मुर्मूबारे अपमानजनक टिप्पणी गरेकोमा पूर्व केन्द्रीय मन्त्री तथा रायगञ्जका सांसद देवश्री चौधुरीले विरोध गरिन्। आज अलिपुरद्वारमा आयोजित भाजपाको सांगठनिक कर्मी सभामा सांसद देवश्री चौधुरीले अंश ग्रहण गरिन्। उक्त सभालाई सम्बोधन गर्दै तिनले भनिन्, तृणमल पार्टीलाई देशका राष्ट्रपति, देशका प्रधानमन्त्री र देशका सेनाप्रति कुनै सम्मानबोध छैन। देशका राष्ट्रपतिलाई लिएर अपमानजनक टिप्पणी गर्ने मन्त्रीलाई चाँडै मन्त्री सभाबाट हटाउनु उचित हो। यदि मुख्यमन्त्रीले अखिल गिरीलाई मन्त्री सभाबाट नहटाएर मन्त्री सभामै राखेको खण्डमा मुख्यमन्त्री ममता ब्यानर्जी जनविरोधी तथा महिला विरोधी हुन् भन्ने कुरा प्रमाणित हुँदछ। तिनले अझ भनिन्, हामी 2018 मा पञ्चायत चुनाउको लागि तयार थियौं, तर आगामी 2023 पञ्चायतको चुनाउमा हामी आफ्नो सम्पूर्ण शक्तिको साथमा मैदानमा उत्रिनेछौँ। राज्यमा भाजपाका 70 जना विधायक र 16 जना सांसदहरू आफ्नो सम्पूर्ण शक्ति लगाएर चुनाउ मैदानमा ओर्लिनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *