राष्ट्रपति मुर्मूको जीतमा भाजपा जिल्ला कमिटीद्वारा कालेबुङमा खुशीयाली एवम् बधाई

कालेबुङ: देशको सर्वोच्च राष्ट्रपतिको पदमा एनडीए-का प्रार्थी द्रौपदी मुर्मूले जीत हासिल गरेर देशका नयाँ 15 औ राष्ट्रपतिको रुपमा निर्वाचित भएपछि भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिले कालेबुङमा आज हर्षोल्लासको साथमा पटेकाहरू पड्काएर खुशीयाली मनाए। कालेबुङ शहरको डम्बर चोकमा देशकै पहिलो नव निर्वाचित आदिवासी महिला राष्ट्रपति द्रौपदी मुर्मूको फ्लेक्स टाँसेर तिनलाई पार्टीको तर्फबाट शुभकामना एवम् बधाई टक्राइएको छ। यसको साथै देशका नयाँ राष्ट्रपति श्रीमति मर्मूलाई भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवनले बधाई टक्र्याउँदै तिनको आगामी कार्यकालको निम्ति शुभकामना पनि व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *