राष्ट्रपति पुरस्कारले पुरस्कृत अचिन्त्य गुप्तलाई सिलगढी क्रिकेट लर्भस एसोसिएशन-द्वारा सम्वर्द्धना

सिलगढी : राष्ट्रपति पुरस्कारद्वारा सम्मानित सिलगढी मेट्रोपोलिटन पुलिस डीएसपी (ग्रामीण) अचिन्त्य गुप्तलाई सिलगढी क्रिकेट लर्भस एसोसिएशनको तर्फबाट सम्वर्द्धना जनाइयो। खेल प्रेमी डीएसपी अचिन्त्य गुप्तलाई हालैमा राष्ट्रपति पुरस्कारद्वारा सम्मानित गरिएको थियो। कञ्चनजङ्घा स्टेडियममा पुरानो ग्राउन्ड स्टाफहरूले आज तिनलाई राष्ट्रपति पुरस्कारद्वारा सम्मानित गरेको बधाई दिनको साथै केट काटेर खुसी मनाइयो। राष्ट्रपति पुरस्कारद्वारा सम्मानित भएर अचिन्त्य गुप्तले सिलगढीको नाम उच्च पारेकोमा तिनलाई आज सिलगढी क्रिकेट लर्भस एसोसिएशनको तर्फबाट हार्दिक बधाई दिनको साथै सम्वर्द्धना जनाएको संगठनका संयोजक मनोज वर्माले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *