राष्ट्रवादी छात्र संगठनको पुनर्मिलन उत्सव 9 जनवरीमा

सिलगढी : 80 दशकका राष्ट्रवादी छात्र संगठनका सदस्यहरूलाई लिएर आगामी 9 जनवरीको दिन पुनर्मिलन उत्सवको आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरेर कमिटीका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। छात्र संगठनका सदस्य मदन भट्टाचार्यले बताएअनुसार 80 को दशकमा राष्ट्रवादी छात्र आन्दोलनमा नेतृत्व गर्ने सबै सदस्यहरूलाई लिएर उक्त पुनर्मिलन उत्सवको आयोजना गरिएको हो। डागापुरको बसुन्धरामा आगामी 9 जनवरीको दिन बिहान 11 बजीदेखि साँझ 5 बजीसम्म उक्त कार्यक्रम चल्नेछ। सिलगढी एवम् देशका विभिन्न ठाउँका नेतृत्वहरूसित सम्पर्क गरिने तिनले बताए। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम लगायत छात्र आन्दोलनका सदस्यहरूलाई लिएर बैठक गरिने छ भने यस अवधि कुनै राजनीतिक मामिलामा चर्चा नगरिने तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *