राष्ट्रिय कङ्ग्रेसको 137औँ स्थापना दिवस बाघडुग्रामा पालन

सिलगढी राष्ट्रिय कङ्ग्रेसको 137औँ स्थापना दिवस बाघडुग्रा अञ्चल दलीय कार्यालयमा आज पालन गरियो। यस अवसरमा आज बिहान बाघडुग्रा अञ्चलको दलीय कार्यालयमा पार्टीको झण्डा उत्तोलन गर्नको साथै राष्ट्रिय गीत गाएपछि केट काटेर स्थापना दिवस पालन गरियो। यस विषयमा नक्सलबारी ब्लक सभापति अमिताभ सरकारले बातएअनुसार 1885-मा राष्ट्रिय कङ्ग्रेसको स्थापना भएको थियो। राष्ट्रिय कङ्ग्रेसले आज 137औँ वर्ष पुरा गरेकोले आज पार्टीको तर्फबाट स्थापना दिवस पालन गरिएको हो। सिलगढीको हासमी चोकमा पार्टीको मुख्य कार्यक्रमको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *