राष्ट्रिय गोर्खा आदिवासी मोर्चा-को सभा

सोनादा : राष्ट्रिय गोर्खा आदिवासी मोर्चा चियाबारी मजदुर संगठनको एउटा सभा आज सम्पन्न भयो। सभामा संगठनका सभापति बसन्त कुमार राईले चियाबगानका मजदुरहरूको समस्याप्रति संगठन धेरै चिन्तित छ साथै आउँदो दिनहरूमा जनताको सहयोग पाए यी चिन्ताबाट मुक्त गराउने सक्दो प्रयास गर्ने पार्टीको मूल उद्देश्य रहेको बताए। यसको साथै ग्राम विकासको निम्ति पञ्चायत चुनाउ हुनु अति नै जरुरी रहेको तिनले बताए। उक्त सभामा नारी समिति प्रमुख तुला थापा लगायत धलिप राई, शर्मिला राई तथा अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *