राष्ट्रिय स्तरमा एनआरसीको तयारीबारे कुनै निर्णय नलिएको गृहमन्त्रालयको बयान

नयाँ दिल्ली : एनआरसीलाई लिएर हाल देशभरिमै विरोध चलिरहेको बीच गृहमन्त्रालयले आज लोकसभामा लिखित जवाब दिँदै राष्ट्रिय स्तरमा एनआरसी तयार बारे कुनै निर्णय नलिएको बताइएको छ। गृह राज्य मन्त्री नित्यानन्द रायले एउटा लिखित जवाबमा सरकारले हालसम्म राष्ट्रिय स्तरमा भारतीय नागरिकहरूको एनआरसी तयार गर्नको लागि कुनै निर्णय नलिएको बताए। सीएएलगायत एनआरसी र एनपीआर जस्ता मुद्दाहरूलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारलाई घेर्ने प्रयासहरू भइरहेको छ। आज पनि शुरूदेखि नै संसदको दुवै सदनमा यी मामिलाहरूलाई लिएर सदनको कार्वाही शुरू हुनेबित्तिकै सबै विपक्षी एकजुट भएर सरकार विरुद्ध नाराबाजी गर्दै होहल्ला मच्चाए।


(फाइल फोटो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *